गत आर्थिक वर्षको एनएमबी म्युचुअल फण्ड अन्र्तगतका फण्डको वित्तीय विवरण प्रकाशित

काठमाडौं, १ भदौ । एनएमबी म्युचुअल फण्ड अन्तर्गत एनएमबी क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही संचालनमा रहेको एनएमबि हाइब्रिड फण्ड एल–१, एनएमबि फिफ्टी र एनएमबि सरल बचत फण्ड–इ ले आर्थिक वर्ष २०७८/७९ को संक्षिप्त वित्तीय विवरण प्रकाशित गरेको छ ।
एनएमबि हाइब्रिड फण्ड एल–१ को २०७९ आषाढमा प्रतिइकाई खूद सम्पत्ति मुल्य १३ रुपैयाँ १३ पैसा कायम रहेको छ । अघिल्लो वर्ष यस फण्डको प्रतिइकाई खूद सम्पत्ति मुल्य १६ रुपैयाँ ८९ पैसा कायम रहेको थियो । योजनाले आ.व. ७८/७९ को लागि २१.०५२ प्रतिशत नगद लाभांश घोषणा गरि यहि साउन ३१ गते बुक क्लोज गरिसकेको छ ।
एनएमबि फिफ्टी को २०७९ आषाढमा प्रतिइकाई खूद सम्पत्ति मुल्य १३ रुपैयाँ २८ पैसा कायम रहेको छ । अघिल्लो वर्ष यस फण्डको प्रतिइकाई खूद सम्पत्ति मुल्य १८ रुपैयाँ ९६ पैसा कायम रहेको थियो । योजनाले आ.व. ७८/७९ को लागि २१.०५२ प्रतिशत नगद लाभांश घोषणा गरि साउन ३१ गते बुक क्लोज गरिसकेको छ ।
एनएमबि म्युचुअल फण्ड अन्तर्गतको चौथो म्युचुअल फण्ड योजना “एनएमबि सरल बचत फण्ड–इ” रहेको छ । विगत नौ महिना देखि संचालनमा रहेको यस योजनाको २०७९ आषाढमा खूद सम्पत्ति मुल्य ९ रुपैयाँ ११ पैसा कायम रहेको छ ।
साथैे एनएमबि क्यापिटल लिमिटेडको पाँचौं म्युचुअल फण्ड योजना “एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२” गत साउन २६ गते देखि निष्काशन भईरहेको छ । सो योजनाको म्युचुअल फण्ड इकाईमा आवेदन दिने म्याद थप गरिएको छ । योजनामा भाद्र ९ गतेसम्म आवेदन दिन सकिने व्यवस्था रहेको छ ।