१२.४ प्रतिशतले खुम्चियो बैंक तथा वित्तीय संस्थाको निक्षेप वृद्धि

काठमाडौं, १ भदौ । गत आर्थिक वर्ष २०७८–७९ मा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेपको वृद्धि १२.४ प्रतिशतले खुम्चिएको छ । सो अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ९ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । अघिल्लो वर्ष यस्तो निक्षेप २१.४ प्रतिशतले बढेको थियो ।
२०७९ असारमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ८.९ प्रतिशत, २७.६ प्रतिशत र ५५.८ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः १०.४ प्रतिशत, ३४.२ प्रतिशत र ४७ प्रतिशत रहेको थियो । बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३८.३ प्रतिशत रहेको
छ । २०७८ असार मसान्तमा यस्तो निक्षेपको अंश ४२.७ प्रतिशत रहेको थियो ।