नेप्से राताम्मे, १९७३.३८ बिन्दुमा रोकियो कारोबार
काठमाडौं, १५ भदौ । यस साताको चौंथो कारोबार दिन बुधबार नेप्सेमा राताम्मे भएको छ ।
यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक २१.९७ अंकले घटेर १९७३.३८ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा १.१० प्रतिशतले बढी हो ।
बुधबार २२४ कम्पनीको २९ लाख ९२ हजार बढी कित्ता शेयर किनबेच हुँदा १ अर्ब १२ करोड ६२ लाख १७ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
ठुला कम्पनिको उपसूचक ४.३६ अंकले घटेर ३८४.५९ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा १.१२ प्रतिशतले घटेको हो ।
यस्तै १३ समूहका कम्पनीको उपसूचक मध्ये यस दिन सबै समूहका कम्पनीको कारोबार कारोबार घटेको छ । आज सबै भन्दा धेरै जीवन बिमा समूहका कम्पनीको कारोबार घटेको छ ।