Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

दिगो विकास लक्ष्य प्राप्तिका लागि निजीक्षेत्रको सहयोग अपरिहार्य : प्रम देउवा

दिगो विकास लक्ष्य प्राप्तिका लागि निजीक्षेत्रको सहयोग अपरिहार्य : प्रम देउवा

काठमाडौं, २९ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले दिगो विकास लक्ष्य प्राप्तिका लागि सरकारलाई निजीक्षेत्रको साथ अपरिहार्य रहेको बताएका छन् । लगानी बोर्ड नेपालद्वारा आयोजित सस्टेनेबल इन्फ्रास्ट्रक्चर फोरम २०२२ को बुधवार उद्घाटन समारोहलाई सम्बोधन गर्दै लगानी बोर्ड नेपालका अध्यक्ष समेत देउवाले सरकार दिगो विकास लक्ष्य प्राप्तिका लागि रणनीतिक रूपमा अघि बढेको बताए । दिगो विकासका लक्ष्य पूरा गर्न १९ अर्ब डलर आवश्यक रहेको बताएका छन् ।

आर्थिक विकासविना नेपाल विकासशील मुलुकमा स्तरोन्नति हुने लक्ष्य हासिल हुन नसक्ने र त्यसका लागि स्रोधनसाधन सँगै निजीक्षेत्रको लगानी महत्वपूर्ण हुने प्रम देउवाको भनाइ थियो । नेपालमा सार्वजनिक निजी साझेदारी मोडलमा ठूलो लगानी गर्न सकिने उनको भनाइ थियो।

लगानी बोर्ड नेपालजस्तो निकायले दिगो पूर्वाधारमा लगानी प्रवद्र्धनका लागि गरेको यस्तो कार्यक्रमले मुलुकको दिगो विकास लक्ष्यमा सहयोग पुग्ने उनले बताए । २०२६ सम्ममा नेपाल अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा पुग्न ठूला आन्तरिक तथा बाह्य लगानी, नवीनतम प्रविधि र अनुभवको आवश्यकता पर्ने उनको भनाइ थियो । बाह्य लगानी फास्ट ट्र्याकबाट भित्र्याउन समेत लगानी बोर्ड नेपालको प्रयास महत्वपूर्ण हुने उनले बताए । लगानी प्रवद्र्धनका लागि बोर्डले काम, प्रयास र योजनाले उनले प्रशंसा समेत गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x