Date

आइत, जेष्ठ ६, २०८१
Sun, May 19, 2024

माछापुच्छ्रे बैंकले ल्यायो नेपाल पे क्यूआरमा १० प्रतिशत क्यास ब्याक अफर

माछापुच्छ्रे बैंकले ल्यायो नेपाल पे क्यूआरमा १० प्रतिशत क्यास ब्याक अफर

काठमाडौं, १३ असोज । माछापुच्छे बैंकले एनसीएचएल संगको सहकार्यमा नेपालीहरुको महान चाड विजया दशमीलाई लक्षित गरि भाटभटेनी सुपरमार्केटमा क्यु आरबाट कारोबार गर्दा क्यासब्याक अफर ल्याएको छ । चाडबाडको समयमा हुने किनमेलमा ग्राकहलाई विशेष सुविधा दिने उद्धेश्यले क्यासब्याक अफर संचालनमा ल्याएको हो ।

यो अफर यहि असोज ८ गते देखी असोज १४ गते सम्मका लागि लागु रहने छ । जस अन्तर्गत बैंकका ग्राहकले नेपाल पे क्यूआरबाट भाटभटेनी सुपरमार्केटमा कारोबार गर्दा एक पटकमा १० प्रतिशत वा अधिकतम रु. १०० सम्म क्यासब्याक पाउन सक्ने छन् ।

साथै बैंक संगसगै भाटभटेनी सुपरमार्केटले पनि चाडबाडलाई लक्षित गरि कपडा एवं जुत्ताको खरीदमा थप १० प्रतिशत सम्मको छुट संचालनमा ल्याएको छ ।

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंकले हालै मात्र नेपाली बैंकिङ्ग इतिहासमा पहिलोपटक आफ्नै मोवाईल वालेट रेमिट्याप संचालनमा ल्याएको बैंकले बताएको छ । अन्य डिजिटल सेवाहरु मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाईन मार्फत खाता खोल्ने ( मुद्धती खाता खोल्न ) लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु सञ्चालनमा छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x