गठबन्धनदलको सिट बाँडफाँट अन्तिम सहमतिमा
काठमाडौं, २२ असोज । आगामी आसन्न निर्वाचनमा ५ गठबन्धनदलले करिब दुई महिना अघि देखिको प्रयासमा प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवारी सिट बाँडफाँट लगभग अन्तिम सहमतिमा पु¥याएका छन् ।
जसअनुसार कांग्रेसलाई ८४, माओवादीलाई ४७, एकीकृत समाजवादीलाई १९ र जनमोर्चालाई २ सिट‚ बाँकी १३ सिटमा लोसपासँग थप छलफल गरी टुंग्याउने बताइएको छ ।
यसैगरि गठबन्धनबाट जसपा बाहिरिएपछि कांग्रेस, माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले सिट बाँडफाँट गरेका हुन् । मधेसको अर्को शक्ति लोसपालाई समेत गठबन्धनमा सामेल गर्ने गरी दलहरूले १३ सिटको टुंगो लगाउन बाँकी राखेका हुन् ।
त्यस्तै माओवादीले ४७, एकीकृत समाजवादीले १९ र जनमोर्चाले २ सिट पाउने भएका छन् । सप्तरी १ र २, सिरहा ४, धनुषा २ र ३, महोत्तरी ३ र ४, सर्लाही १, बारा २ र ३, पर्सा १ र ३ तथा बाँके १ मा सिट बाँडफाँट गरिएको छैन ।