Date

शनि, जेष्ठ ५, २०८१
Sat, May 18, 2024

तिहार नजिकिएसँगै ओखरको आयात बढ्दै

तिहार नजिकिएसँगै ओखरको आयात बढ्दै

रसुवा, २९ असोज । तिहार पर्वलाई लक्षित गरी रसुवागढी नाकाबाट ओखर तथा स्याउ आयात हुन थालेको छ । चालु आर्थिक वर्षको साउनदेखि नै अत्यन्तै न्यूनरूपमा आयात भइरहेको चिनियाँ दाँते ओखर तथा स्याउ दसैँपछि दैनिक आयात हुन थालेपछि नेपाली उपभोक्ताको खरिदमा सहजता आएको हो ।

दसैँ सकिएलगत्तै चार दिनको अन्तरालमा २६ कन्टेनर ओखर र १८ कन्टेनर स्याउ रसुवागढी नाकाबाट नेपाल भित्रिएको सीमा सुरक्षाकर्मीले बताएका छन् । लोड भएका नेपाली कन्टेनर डिब्बा भन्सार प्रक्रिया पूरा गरी क्रमिकरूपले काठमाडौँ प्रस्थान गरिरहेकाले अबका दिनमा ओखर तथा स्याउ खरिदको मूल्य सर्वसुलभ हुने अपेक्षा गरिएको छ ।

तिहार पर्व नजिकिइसकेको र अर्कोतर्फ मन्दिरमा चढाउनेदेखि बिरामीलाई खुवाउनसमेत फलफूलका रूपमा स्याउ नै पहिलो रोजाइ हुने गरेका कारण व्यवसायीले फलफूलको आयातलाई प्राथमिकता दिँदै आएको व्यवसायी धर्म पौडेलले बताए । नेपाली व्यापारीले माग गरेलगतै चिनियाँ ठूलो ढुवानी कम्पनी मुसा टासपोर्टले छिटो–छरितो रसुवागढी पु¥याउने गरेको व्यवसायीले बताउँदै आएका छन् ।

चालु आर्थिक वर्षको साउनदेखि दसैँ अगाडिसम्मको तथ्याङ्कले १६ कन्टेनर दाँते ओखर, चार कन्टेनर स्याउमात्र आयात भएको देखाएको छ । नेपालीको दोस्रो ठूलो चाडपर्व तिहार भएका कारण पछिल्लो समय स्याउका साथै ओखरको आयात बढ्न थालेको हो । अन्य सामानको सङ्ख्या सबै गणना गर्नुपर्ने र स्याउ तथा ओखरको शुल्कमा प्रति कन्टेनरको मात्र हिसाब हुने भएका कारण ढुवानीकर्ताको रोजाइ पहिलो फलफूल हुने गरेको पाइएको छ ।

चीनको केरुङ क्षेत्रमा कोभिड सङ्क्रमण बढेको भन्दै चिनियाँ सीमा अधिकारीले गत साउन २१ गतेदेखि भदौ २९ गतेसम्म बन्द गराएको आयात ३० गतेदेखि पुनः सुरु भएको र पहिलाको तुलनामा आयात परिमाणसमेत केही मात्रामा बढेको सीमा अधिकारीले बताएका छन् । चालु आर्थिक वर्षको गत साउनदेखि असोज २७ गतेसम्म आयात भएका सामग्रीको मूल्याङ्कनबाट कुल रु एक अर्ब ४१ करोड भन्सार शुल्कवापत राजस्व दाखिला भइसकेको प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले बताए ।

गत भदौ ३० गतेयता समग्रमा रेडिमेट एक सय ७८, हाइड्रोका ८०, मेडिकल सामग्री दुई, फर्निचर दुई कन्टेनर डिब्बा र इलेक्ट्री कार नौ, इलेक्ट्री स्कुटरी तीनवटा आयात भइसकेको सीमा सुरक्षाकर्मीले बताएका छन् । नारायणप्रसाद भण्डारी नयाँ प्रमुखका रूपमा गत महिनाबाट रसुवा भन्सरमा बहाली गर्नुभएपश्चात सामान जाँचपास प्रक्रिया छिटोछरितो हुन थालेको चालकहरूले बताएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x