Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

भोकमरीको सूचकांकमा नेपाल दक्षिण एशिया दोस्रो

भोकमरीको सूचकांकमा नेपाल दक्षिण एशिया दोस्रो

काठमाडौं, ३० असोज । विश्व भोकमरीको सूचकांकमा नेपाल दक्षिण एशियामा दोस्रो स्थानमा छ । ग्लोबल हंगर इन्डेक्स–२०२२ को हालै सार्वनजिक प्रतिवेदन अनुसार नेपाल दक्षिण एशियामा श्रीलंका पछि छ । विश्वका १२१ देश समेटिएको सर्वेक्षणमा नेपाल ८१औं स्थानमा रहँदा श्रीलंका ६४औं नम्बरमा छ । नेपालको स्कोर १९ दशमलव १ अंक छ । श्रीलंकाले भने १३ दशमलव ६ अंक पाएको छ ।

यो सूचकांकमा दक्षिण एशियामा बंगलादेश, पाकिस्तान र भारत क्रमशः तेस्रोबाट पाँचौं स्थानमा छन् । प्रतिवेदन अनुसार बंगलादेश ८४औं, पाकिस्तान ९९औं र भारत १०७औं स्थानमा छन् । दक्षिण एशियामा सबैभन्दा कमजोर रहेको अफगानिस्तान १०९औं स्थानमा छ ।

यो सूचकांकको शीर्ष स्थानमा बेलारुस छ। बोस्निया र हेर्जेगोभिना दोस्रो र चिली तेस्रो स्थानमा रहँदा छिमेकी चीन चौथो स्थानमा छ । यीसहित १७ देशको स्कोर ५ अंकभन्दा कम रहेको प्रतिवेदनमा उल्लेख छ ।

विश्व भोकमरी सूचकांक विश्वव्यापी, क्षेत्रीय र राष्ट्रिय स्तरमा भोकमरीको विस्तृत मापन र ट्र्र्याकिङ हो । यसमा कुपोषण, शिशुको गम्भीर कुपोषण, बालबालिकाको विकासमा अवरोध र बाल मृत्युदरलाई आधार मानिएको छ ।

सूचकांकको कुल स्कोर १०० अंक राखिएको छ, यसले भोकमरीको गम्भीरताको स्थिति देखाउँछ । यदि कुनै देशको स्कोर शून्य अंक छ भने उसको स्थिति राम्रो मानिन्छ । तर, १०० अंक स्कोर भएको देशको स्थिति खराब मानिन्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x