Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

गण्डकी बिकास बैंकको २ नयाँ शाखा संचालनमा

गण्डकी बिकास बैंकको २ नयाँ शाखा संचालनमा

काठमाडौं, १० जेठ । गण्डकी विकास बैकले दुई नयाँ शाखाहरु संचालनमा ल्याएको छ । बैंकले मकवानपुरको हेटौडा र पाल्पाको तानसेनमा नयाँ शाखाहरु विस्तार गरेको हो ।

बैंकले उक्त शाखाहरुबाट निक्षेप संकलन, सहज र सरल रुपमा कर्जा प्रवाह गर्नुका साथै आधुुनिक बैंकिङ्ग सेवा प्रदान गर्ने जनाएको छ । बैंकले हाल केन्द्रीय कार्यालय सहित देशका विभिन्न ठाउँहरुमा गरी ५९ वटा शाखा कार्यालय मार्फत बैंकिङ सेवा दिदै आएको छ । साथै बैकको विभिन्न ठाउँमा १८ वटा शाखाहरु निर्माणधिन अवस्थामा रहेका छन् । बैकले यि शाखाहरु यसै आर्थिक वर्ष भित्र संचालनमा ल्याउने लक्ष्य लिएको छ । यस पश्चात बैकका कुल ७७ वटा शाखा र देशका सातै प्रदेशवाट वैकिङ्ग सेवा प्रदान हुने बैंकले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x