Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

नेकपा एमालेको चुनावी घोषणा पत्र सार्वजनिक,५ वर्षमा अर्थतन्त्र १०० खर्बको बनाउने

नेकपा एमालेको चुनावी घोषणा पत्र सार्वजनिक,५ वर्षमा अर्थतन्त्र १०० खर्बको बनाउने

काठमाडौं, १५ कात्तिक । नेकपा (एमाले) ले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ ।

मंगलबार दिउँसो काठमाडौंको याक एण्ड यति होटलमा अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीको घोषणा प्रविधिबाट सार्वजनिक गरेका हुन् ।

नेकपा एमालेले आगामी ५ वर्षमा नेपालको अर्थतन्त्रको आकार १०० खर्ब पुर्‍याउने बताएको छ  । मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गर्दै एमालेले आगामी ५ वर्षमा मुलकको कुल ग्रार्हस्थ्य उत्पादन १०० खर्ब पुर्‍याउने घोषणा गरेको हो ।

यस्तै  घोषणापत्रमा पार्टीले अघि सारेको ‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय संकल्पलाई निरन्तरता दिइएको छ । घोषणा पत्रमा मुलुकको समृद्धिका लागि राष्ट्रिय अर्थतन्त्रको निर्माणमा जोड दिइएको छ । सो घोषणा पत्रमा सूर्य चिन्हमा किन मतदान गर्ने भन्ने कुरालाई प्रष्ट्याउने प्रयास गरिएको बताइएको छ ।

घोषणापत्र सार्वजनिक भएसँगै ‘ओलीसँग लाईभ डिबेट’ पनि यहीँबाट सुरु हुने बताइएको छ । यस्तै २० वटा ग्यारेन्टि स्टेटमेन्ट समसेत घोषणा पत्रमा समावेस गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x