Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

तिहार पछिको दोस्रो कारोबार दिन नेप्सेमा उछाल

तिहार पछिको दोस्रो कारोबार दिन नेप्सेमा उछाल

काठमाडौं, १५ कात्तिक । तिहार पछिको दोस्रो कारोबार दिन सोमबार नेप्सेमा हरियाली छाएको छ ।

मंगलबार नेप्से परिसूचक ५६.११ अंकले बढेर १९३०.९९ बिन्दुमा पुगेको छ ।

यस दिन कारोबार रकममा समेत सुधार आएको छ । तिहार पछिको पहिलो कारोबार दिन सोमबार ६९ करोड ७३ लाख १७ हजार रुपैयाँको शेयर कारोबार भएको थियो भने तिहार पछिको दास्रो कारोबार दिन आज कारोबार रकम बढेर १ अर्ब २९ करोड ६ लाख ६४ हजार बढीको कारोबार हुँदा ३९ लाख ७१ हजार ५ सय ९४ कित्ता शेयर कारोबार भएको छ ।

यस्तै १३ समूहका उपसूचक मध्ये सबै समूहका कम्पनीको कारोबार बढेको छ भने यस दिन सबै भन्दा धेरै १८२.३४ अंकले र्निजीवन बिमा समूह तर्फका कम्पनीको कारोबार बढेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x