Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

भारतको मुम्बईमा हुने अन्तर्राष्ट्रिय ज्वेलरी शोमा नेपाललाई निम्तो

भारतको मुम्बईमा हुने अन्तर्राष्ट्रिय ज्वेलरी शोमा नेपाललाई निम्तो

काठमाडौं, १७ कात्तिक । भारतको मुम्बईमा आगामी जनवरीमा आयोजन हुने वृहत अन्तर्राष्ट्रिय ज्वेलरी शोमा नेपाल सुनचाँदी ब्यवसायीलाई पनि आमन्त्रण गरिएको छ । मेला आगामी जनवरी ५ देखि ९ सम्म भारतको मुम्बईमा आयोजना हुने छ ।

मेलामा सहभागिता जनाउन आग्रह गर्दै भारतको जिजेइपिसीका सिनियम म्यानेजर अजय पुरोहितले महासंघका अध्यक्ष शाक्यलाई बिहीबार औपचारिकरुपमा निमन्त्रणा दिएका हुन् ।

वर्षेनी आयोजना हुँदै आएको उच्चस्तरीय इण्डिया इन्टरनेशनल ज्वलरी शोमा भागलिनकालागि नेपाल सुनचाँदी ब्यवासायी महासंघलाई औपचारिकरुपमा आमन्त्रण गरिएको महासंघका अध्यक्ष माणिकरत्न शाक्यले बताए ।
अध्यक्ष शाक्यका अनुसार इण्डिया इन्टरन्यासनल ज्वलरी शो मार्फत नेपाल र भारत दुई देशबीचको प्रविधि हस्तान्तरण एवं ब्यापार विस्तारमा समेत सहयोग पुुग्ने बताए । यसअधि पनि उक्त शो मा नेपालबाट महासंघको प्रविनिधिमण्डलले सहभागिता जनाउँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x