Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

आगामी ५ वर्षमा विद्युत्को जडित क्षमता १५ हजार मेगावाट पुग्ने

आगामी ५ वर्षमा विद्युत्को जडित क्षमता १५ हजार मेगावाट पुग्ने

काठमाडौं , ८ मंसिर । नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले चालू आर्थिक वर्षभित्र नेपालको जलविद्युत् उत्पादनको जडित क्षमता ३ हजार मेगावाट पुग्ने बताएका छन् । राष्ट्रिय कर दिवसका अवसरमा बुधवार आयोजित उत्कृष्ट करदाता सम्मान कार्यक्रममा घिसिङले धेरै जलविद्युत् आयोजना सम्पन्न हुन लागेकाले चालू आर्थिक वर्षभित्र नेपालको जलविद्युत् उत्पादन क्षमता ३ हजार मेगावाट पुग्ने बताएका हुन् । अहिले नेपालको कुल विद्युत् जडित क्षमता दुई हजार दुई सय ६९ मेगावाट छ ।

प्रमुख कार्यकारी निर्देशक घिसिङले अबको ५–६ वर्षमा नेपालको जलविद्युत् उत्पादन क्षमता १५ हजार मेगावाट पुग्ने बताए । विद्युत् उत्पादन क्षमता १५ हजार मेगावाट पुग्दा प्राधिकरणले सरकारलाई वार्षिक करीब ५ अर्ब रुपैयाँ राजस्व तिर्ने अनुमान उनले गरे । प्राधिकरणले हाल सरकारलाई वार्षिक १ अर्ब ७० करोड रुपैयाँ राजस्व तिर्ने गरेको जानकारी उनले दिए ।

घिसिङले जलविद्युत् आयोजनाहरूको प्रवर्द्धन गर्न सके राजस्वमा ठूलो योगदान पुग्ने बताए । चालू आर्थिक वर्षको ५ महीनामा विद्युत् निर्यातमार्फत ११ अर्ब आम्दानी भएको उनले जानकारी दिए । मुलुकको समृद्धिका लागि जलविद्युत् महत्त्वपूर्ण रहेको उनले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x