Date

शुक्र, मंसिर १४, २०८१
Fri, November 29, 2024

नेशनल लाइफको अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न

नेशनल लाइफको अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडाैं, ११ मंसिर ।  नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सुदुरपश्चिम प्रदेशको डडेलधुरामा अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीज्यु को प्रमुख आथित्यतामा सम्पन्न भएको सो कार्यक्रममा कम्पनीको डडेलधुरा कार्यालयमा आबद्ध करिब १५० जना अभिकर्ताहरुको सहभागीता रहेको थियो ।

प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसद खत्रीले कम्पनीको विभिन्न शाखा कार्यलयहरुमा आवद्ध भइ बीमा व्यवसाय गर्दै आएका
अभिकर्ताहरुलाइ अझ बढी व्यवसायिक बनाउदै कम्पनीको व्यवसाय समेत प्रवर्द्धन गर्दै लैजाने नीति अनुरुप कम्पनीले यस्ता कार्यक्रमहरू सुदुरपश्चिम प्रदेशबाट गर्दै आएकाे बताए  । सोही क्रममा मङ्सिर ७ गते महेन्द्रनगरमा ८ गते धनगढीमा र मङ्सिर ९ गते डडेलधुरामा यो कार्यक्रम आयोजना गरिएको थियाे ।

कम्पनीका मार्केटिङ बिभाग प्रमुख बिबेक शर्माले सहभागी अभिकर्ताहरुलाई बीमा बिक्रय कला सम्बन्धमा प्रशिक्षण दिएका थिए । कर्यक्रममा उत्कृष्ट व्यवसाय गरि डडेलधुरा शाखाबाट चेयरपर्सन क्लबमा छनौट भएका अभिकर्ताहरुलाई प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले सम्मान पत्रबाट सम्मान गरेका थिए ।

कम्पनीको डडेल्धुरा शाखा प्रमुख कृष्ण दत्त पन्तको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमम एजेन्सी बिभाग प्रमुख सुशील प्रताप राणाले धन्यबाद ज्ञापन गरेका थिए ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x