मुलुकको विकास र सम्बृद्धिका लागि पर्यटन अपरिहार्य ः सभामुख महरा
काठमाडौं, १३ जेठ । प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले मुलुकलाई विकास र आर्थिक समृद्धिमा पुर्याउन पर्यटन व्यवसाय महत्वपूर्ण आधार भएको बताएका छन् । गन्तव्य नेपालद्वारा आयोजित ‘आर्थिक समृद्धिका लागि पर्यटन’ विषयक राजधानीमा आयोजित कार्यक्रममा उनले देशलाई विकासको मार्गमा लैजान पर्यटन क्षेत्रले खेलेको भूमिका अद्वितीय रहेको उल्लेख गरे ।
उनले पर्यटकले खर्च गर्नैपर्नेखालका कार्यक्रम बनाएर अघि बढ्नुपर्नेमा जोड दिए । त्यस्तै नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्राकृतिक सम्पदा र विविधताले भरिपूर्ण हाम्रो मुलुकमा आन्तरिक पर्यटकको संख्या वृद्धि गर्ने कार्यक्रम बनाउन निजी क्षेत्रसँग आग्रह गरे ।
कार्यक्रममा पर्यटन क्षेत्रको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुर्याएबापत व्यवसायी प्रतिष्ठा विष्ट अमात्यलाई ‘टुरिज्म म्यान अफ दी इअर’ सम्मान प्रदान गरियो ।