Date

शनि, बैशाख २२, २०८१
Sat, May 4, 2024

१९औं हस्तकला व्यापार मेला : तेस्राे दिन कतिले गरे अवलाेकन ?

१९औं हस्तकला व्यापार मेला : तेस्राे दिन कतिले गरे अवलाेकन ?

काठमाडाैं, २५ मंसिर । नेपाल हस्तकला महासंघको आयोजनामा १९औं हस्तकला व्यापार मेला तथा १७ औं हस्तकला प्रतियोगिताकाे तेस्रो दिन (आइतबार) अवलोकनकर्ताहरूको उत्साहपूर्ण सहभागिता रहेको आयोजकले जनाएको छ। आइतबार सम्म मेलाकाे करिब ३० हजार बढीले अवलाेकन गरेका छन् ।

मेला अवधिभर एक लाख आगन्तुकले अवलोकन गर्ने अनुमानछ । आगामी दिनमा कूटनीतिक नियोगका माध्यमबाट कलाकार आदानप्रदान गर्ने सोचमा रहेको महासंघले हस्तकलाको अन्तरराष्ट्रिय बजार विस्तारमा प्राथमिकता दिने आयोजकले जनाएको छ । राज्यस्तरबाटै हस्तकलाको दिगो विकासका लागि नीतिगत रूपमै व्यवस्था गर्नुपर्ने जोड दिँदै नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले बताए । उनले बागमती प्रदेशमा महासंघको पहलमा एकेडेमिक कोर्स समेत सञ्चालनमा आउन लागेकाे जानकारी दिए ।

यसैगरी मेलामा एकै छानामुनि हस्तकला वस्तुको बृहत् प्रदर्शनी तथा विक्री, उत्कृट स्टल तथा पेभिलियन प्रतियोगिता र मेड इन नेपाल, मेक इन नेपाल अवधारणा अनुरूप वस्तु र परम्परागत तथा नवोदित हस्तकलाको जीवन्त शीप प्रदर्शनीसमेत गरिएको छ । मेला कोभिडपछि कलाकलाका सामग्रीको बजार पहिचानका लागि महत्वपूर्ण माध्यम बनेको मेला संयाेजक डिल्लीरत्न तुलाधरले बताए ।

 

 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x