Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

आइतबार ३१.९७ अंकले घटेकाे सेयर बजारमा १ अर्ब १० करोडकाे काराेबार

आइतबार ३१.९७ अंकले घटेकाे सेयर बजारमा १ अर्ब १० करोडकाे काराेबार

काठमाडाैं, २५ मंसिर । साताकाे पहिलाे काराेबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज ‘नेप्से’ दोहोरो अंकले घटेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक आज ३१.९७ अंकले घटेर १ हजार ८ सय ८५ दशमलब ३१ विन्दुमा पुगेर बन्द भएकाे हाे । गत बुधबार नेप्से परिसूचकांक एक हजार ९ सय १७ दशमलब २८ विन्दुमा पुगेको थियो ।

यस्तै आज नेप्से परिसूचकांकसँगै  कारोबार रकम पनि घटेको छ । आइतबार एक अर्ब १० करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भएको हाे । गत बुधबार नेप्सेमा एक अर्ब ६५ करोड ४६ लाख रुपैयाँ बराबरको करोबार भएको थियाे ।

कारोबारमा आएका कम्पनीहरुमध्ये २५ वटा कम्पनीको शेयरमुल्य बढेको छ भने १८० वटा कम्पनीको शेयरमूल्य घटेको छ । ३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । सिवाइसी लघुवित्त, समित लघुत्ति र मैलुङ खोला जलविद्युत कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । सीवाइसी लघुवित्तको १० प्रतिशत, समित लघुवित्तको ९.९९ र मैलुङ खोला जलविद्युतको ९.५० प्रतिशतले बढेर कारोबार भएको छ ।

 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x