मुक्तिनाथ विकास बैंक र गुरु ट्राभल्सबीच सम्झौता
काठमाडाैं, ११ पुस। मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकहरुलाई थप सेवादिन दरबारमार्ग स्थित पर्यटन क्षेत्रकै पहिलो पब्लिक कम्पनी गुरु ट्राभल्स लिमिटेड सँग व्यवसायिक सहकार्य सम्बन्धी सम्झौता गरेको छ ।
यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका खातावाला तथा ग्राहकहरुले गुरु ट्राभल्स लिमिटेडमा विशिष्टीकृत सेवाका साथ विभिन्न सेवा तथा सुविधाहरुमा छुट प्राप्त गर्न सक्ने छन् ।
साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपाल भरी रहेको भिजा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटिएम मसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।