Date

बिहि, बैशाख ६, २०८१
Thu, April 18, 2024

यारी नाकाबाट पनि आयात खुल्यो

यारी नाकाबाट पनि आयात खुल्यो

काठमाडौं, १४ पुस । कोरोना महामारी सुरु भएसँगै बन्द भएको नेपाल र चीनको सिमाना हिल्सा (यारी) नाकाबाट व्यापारिक प्रयोजनका लागि सामान आउन सुरु भएको छ । स्थानीय प्रशासनको पहलमा सिमकोट र नाम्खा गाउँपालिकाका व्यवसायीले सामान आयात सुरु गरेका हुन् ।

पहिलो चरणमा १८ वटा पिकअप भ्यानमा बुधबार चिनियाँ पक्षले भन्सारका कर्मचारीको उपस्थितिमा सामान ल्याइएको हो । आयात गरिएका समानमा व्यापारिक प्रयोजनका साथै विकास निर्माणका सामान पनि भित्रिएका छन् । चिनियाँ पक्षले अब नियमित रूपमा ताक्लाकोटबाट सामान पठाउने तर हाललाई नेपालबाट भने नलिने चिनियाँ पक्षको निर्णय भएको जानकारी आएको प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिइन् । लामो प्रयासपछि हिल्सा नाकाबाट व्यापारिक प्रयोजनका लागि सामान भित्र्याउन सफल भएको उनले बताइन् । चिनियाँ पक्षसँग खाद्यान्न र इन्धनका विषयमा पनि छलफल भइरहेको उनले जानकारी दिइन् ।

स्थानीय प्रशासनले गत कातिकमै नाका खुलाउन परराष्ट्र मन्त्रालयमार्फत चिनियाँ दूतावासमा पत्राचार गरेको थियो । राजस्व सङ्कलनका लागि यारी नाकामा भन्सार कार्यालयका प्रमुख राजराज जैसी खटिएका छन् । नाम्खा गाउँपालिकाका उपाध्यक्ष तकदिर लामाले कोरोनायता पहिलो पटक चीनको ताक्लाकोटबाट व्यापारीको सामान नेपालमा ल्याउन सफल भएको बताए २०७६ सालबाट कोरोनाका कारण चीनबाट हिल्सा नाका हुँदै हुम्लामा सामान आउन छोडेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x