Date

शनि, बैशाख २२, २०८१
Sat, May 4, 2024

यसकारण बढिरहेको छ सुनको मूल्य, सन् २०२३ मादोब्बर हुन सक्ने प्रक्षेपण

यसकारण बढिरहेको छ सुनको मूल्य, सन् २०२३ मादोब्बर हुन सक्ने प्रक्षेपण

मानमती पाण्डेय

काठमाडौं, १६ पुस । पछिल्लो समय नेपाली बजारमा सुनचाँदीको भाउ दैनिकजसो बढिरहेको छ । शुक्रवारकै मूल्य सूची हेर्ने हो भने पनि सुनको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा ५ सय रुपैयाँले बढेर १ लाख १४०० रुपैयाँ कायम भएको छ । एकातिर अफ सिजन, अर्कोतिर तोलामै लाख रुपैयाँ नाघेपछि बजारमा सुन किन्नेभन्दा बेच्नेको संख्या बढी देखिन्छ । सामान्यतया अफ सिजन हुँदा घट्नुपर्ने सुनचाँदीको भाउ लगातारजसो बढ्न थालेकोछ।

यद्यपि सुनको मूल्य नेपालमा मात्र नभएर विश्वभर बढिरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्य बताउँछन् । रुस–युक्रेन द्वन्द्व, विभिन्न देशका डलर तथा मुद्राहरुको भाउ बढ्नु, आर्थिक मन्दीको संकेत देखिनु आदि विभिन्न कारणले पनि सुनको मूल्य बढिरहेको उनको भनाइ छ ।

यस्तैविश्वको अर्थ–राजनीतिक अवस्थामा डलर प्रतिस्थापन गरेर अर्को वैकल्पिक मुद्रा अर्थात् सुनको प्रयोग गर्ने विषयमा लबिङ भइरहेकाले पनि सुनको मूल्य बढेको अध्यक्ष शाक्य बताउँछन् ।यस्तै विश्वभर नै धनी मुलुकका रिजर्भ बैंकहरूले सुन खरिद गरेर भण्डारण बढाएकाले पनि मूल्य बढेको बताइएको छ ।‘यसैगरी पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धि र कोरोना महामारीसँगै आर्थिक मन्दीको अवस्था आयो,’ उनले भने,‘जसले गर्दा मानिसले सुरक्षित लगानीका रूपमा सुनमा लागानी गर्न थाले, यी सबै कारणले अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा समेत नेपाली बजारमा महँगिएको हो ।’

विश्वमा सबैभन्दा विश्वासिलो र सुरक्षित सम्पत्ति सुन मानिएको पाइन्छ । त्यसैले पनि विश्व बजारमा यसको माग बढ्दो छ । अन्तरराष्ट्रिय बजारकै कुरा गर्ने हो भने पनि गत फेब्रुअरीको अन्त्यमा रुस–युक्रेन युद्ध शुरू भएपछि सुनको भाउलेप्रतिऔंस २ हजार ५० डलरको कीर्तिमानी रेकर्ड कायम भएको थियो । त्यसयता ओर्लिएको नोभेम्बरमा १६०० आसपासमा रहेको सुनको भाउ अहिले पुनः उकालो लागिरहेको छ । एक महिनाको अवधिमा सुनको मूल्य १०० डलर भन्दा बढीले बढेको देखिन्छ, जसको प्रभाव अहिले नेपाली बजारमा परिरहेको अर्का व्यवसायी चनिश शाक्य बताउँछन् । सुनको मूल्य सन् २०२३ मा अहिलेको भन्दा दोब्बर पुग्न सक्ने विश्लेषकहरूको अनुमान छ ।

किन्ने भन्दा बेच्ने बढे
अहिले बजारमा सुनको माग छैन। एकातिर अफ सिजन, अर्कोतिर मूल्य वृद्धि भएर अहिले बजारमा सुनको कारोबार एकदमै न्यून छ । काठमाडौंको न्युरोडमै सुन व्यवसाय गरेर बसेका एक व्यवसायी भन्छन्, ‘अहिले व्यापार शुन्य नै छ । ग्राहक कुरेर बस्ने काम मात्र भइरहेको छ । औषमै भन्नु पर्दा ७० प्रतिशत पुरानो सुन बेच्ने आउँछन् भने १०÷१५ प्रतिशत मात्र किन्ने आउँछन् ।’

यस्तै अर्थतन्त्रमा देखिएको संकुचन, तरलता अभाव, सेयर मार्केट घट्नु, व्यक्तिहरुको आम्दानी पनि घटेकै कारणले पनि सुन किन्ने भन्दा बेच्नेको संख्यामा वृद्धि भएको अर्का सुनचाँदी व्यवसायी शाक्यले बताए । उनले भने ‘कहिले त बोहोनी गर्नै पनि धौधौ पर्छ ।’

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x