Date

बिहि, बैशाख ६, २०८१
Thu, April 18, 2024

१७.२६ अंकले बढ्याे नेप्से परिसूचक, ४ अर्ब ४ करोडभन्दा बढीकाे काराेबार

१७.२६ अंकले बढ्याे नेप्से परिसूचक, ४ अर्ब ४ करोडभन्दा बढीकाे काराेबार

काठमाडौं, १७ पुस । गत बिहिबार नेप्से ५६.८८ अंकले बढेर दुई हजार २९ दशमलब ३ विन्दुमा पुगेकाे नेप्से परिसूचक साताको कारोबारको पहिलो दिन आज पनि दोहोरो अंकले बढेको छ । आज नेप्से १७.२६ अंकले बढेर दुई हजार ४६ दशमलब २९ विन्दुमा बन्द भएको हो ।

आज कारोबार रकम पनि बढेर चार अर्ब ४ करोड ८८ लाख रुपैयाँ बराबरकाे भएकाे छ । बिहिबार नेप्सेमा दुई अर्ब ८६ करोड ३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका कम्पनीमध्ये १२१ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ८७ वटा कम्पनीको शेयरमूल्य घटेको छ । चार कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार आज एक कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । श्रृजनशिल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर १ हजार ९४१.६० रुपैयाँ पुगेको छ । साथै चार वटा कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x