Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

आइएमई पे एप अब नेपाली भाषामा अध्यावधिक हुने

आइएमई पे एप अब नेपाली भाषामा अध्यावधिक हुने

काठमाडाैं, १७ पुस । अब आइएमई पे एप नेपाली भाषामा पनि अध्यावधिक हुने भएको छ। कसैलाई पनि भाषागत समस्याका कारण आर्थिक कारोबारबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यका साथ आइएमई पेले एपमा यो सेवा थप गरेको जनाएको छ।

यो सँगसँगै भाषाको छनोट गर्न मिल्ने एक अर्को सुविधा पनि आइएमई पे एपमा थपिने भएको हो।  अंग्रेजी नयाँ वर्ष २०२३ का अवसरमा सेवाग्राहीका लागि कम्पनीले यो फिचर सार्वजनिक गरेको हो।

पुराना प्रयोगकर्ताले एप अपडेट भएपछि र नयाँ प्रयोगकर्ताले प्लेस्टोर वा एपस्टोरबाट आइएमई पे एप डाउनलोड गरेपछि एपभित्र आफ्नो प्रोफाइलको दायाँपट्टि रहेको इएन संकेतबाट नेपाली भाषा रोज्न सकिनेछ।

विदेशबाट पठाएको रेमिट्यान्स प्राप्त गर्न, केवल मोबाइल नम्बर प्रयोग गरी पैसा पठाउन, कुनै पनि सेवा वा सुविधाको भुक्तानी गर्नको साथै प्रयोगकर्ताले एपमा रहेको रकममा ७.१३ प्रतिशत ब्याज कमाउन सकिनेजस्ता नवीनतम सेवा–सुविधा आइएमई पे एपमा उपलब्ध छन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x