Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

छिमेक लघुवित्तको ‘मोबाइल बैंकिङ एप’ सार्वजनिक

छिमेक लघुवित्तको ‘मोबाइल बैंकिङ एप’ सार्वजनिक

काठमाडौं, २५ पुस । छिमेक लघुवित्त वित्तीय संस्थाले आफ्नो छुट्टै मोबाइल बैंकिङ एप्लिकेसन सार्वजनिक गरेको छ । आफ्ना सदस्यहरुलाई मोबाइल एपका साथै क्यूआरमार्फत भुक्तानी गर्ने व्यवस्था मिलाइएको कम्पनीले जानकारी गराएको छ । साथै, मोबाइल एप्लिकसनअन्तर्गत कनेक्ट आएपीएस तथा फोनपे सर्भिसमार्फत नेटवर्कभित्र रहेका बैंक तथा वित्तीय संस्थाहरुमा सजिलै फण्ड ट्रान्सफर गर्न सकिने छ ।

यस्तै, युटिलिटि पेमेन्टको प्रयोगबाट बिना झन्झट बिल भुक्तानी गर्न सकिने, सदस्यहरुलाई आफ्नो इकाई बैठकको बारेमा जानकारी लिन सकिने र कारोबार सफल भएपश्चात कारोबारको जानकारी रकम सहित बोलेर सुनाउने अन्य महत्वपूर्ण फिचरहरु यस एपमा रहेको छिमेकले जानकारी गराएको छ ।

कम्पनीले आगामी ३ वर्षमा करिब ४०५ ग्राहक सदस्यहरुमा मोबाइल बैंकिङ सेवा पुराउने लक्ष्य लिएको छ । यसअघि २०७७ फागुनदेखि इसेवामार्फत सदस्यले आफ्नो बचत तथा किस्ता तिर्ने व्यवस्था सुरु गरेको थियो । त्यसयता, इसेवामार्फत हालसम्म करिब एक अर्बको कारोबार गर्न सफल भएको कम्पनीको दाबी छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x