Date

शुक्र, मंसिर १४, २०८१
Fri, November 29, 2024

नेपालको आर्थिक वृद्धि ५.१ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ५.१ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

काठमाडाैं, २७ पुस । विश्व बैंकले २०२३ मा नेपालको आर्थिक वृद्धि ५.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ । विश्व बैंकले सार्वजनिक गरेको पछिल्लो ‘ग्लोबल इकोनोमिक प्रोस्पेकटस’ प्रतिवेदनकाअनुसार नेपालमा सन् २०२३ मा आर्थिक वृद्धि दर ५.१ प्रतिशत हुने प्रक्षेपण गरिएको हाे ।यस अघि सन् २०२१/२२ मा नेपालको आर्थिक वृद्धि दर ५.८ प्रतिशत रहेको थियो ।

कोभिड महामारीका कारण धरासायी भएको अर्थतन्त्र चलायमान भएता पनि रुस–युक्रेन युद्धका कारण सिर्जित इन्धन अभाव, मूल्यवृद्धि, पर्यटक आगमनमा आएको कमीका कारण सन् २०२२/२३ मा नेपालको आर्थिक वृद्धि दर ०.७ प्रतिशत विन्दुले खुम्चिने बताइएकाे छ ।

त्यस्तै, सन् २०२४ मा नेपालको आर्थिक वृद्धि ५.१ प्रतिशतबाट खुम्चिएर ४.९ प्रतिशत हुने पनि प्रक्षेपण गरिएको छ ।

यस्तै सन् २०२२/२३ मा भारतको आर्थिक वृद्धि दर ६.९ प्रतिशत रहने, बाङ्लादेशको ५.२ प्रतिशत, पाकिस्तानको २ प्रतिशत, भुटानको ४.१ प्रतिशत, माल्दिभ्सको ८.२ प्रतिशत रहने वर्ल्ड बैंकले सार्वजनिक गरेको ग्लोबल इकोनोमिक आउटलुकमा उल्लेख छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x