सामान्य अंकले बढेकाे बजारमा यी हुन् सर्वाधिक कारोबार हुने १० कम्पनी

काठमाडौं, १८ माघ । बुधबार सेयर बजार मापक नेप्से परिसुचक सामान्य अंकले बढेकाे छ । आज नेप्से परिसूचक ४.९७ अंकले बढेर २११६.६५ अंक विन्दुमा बन्द भएकाे हाे ।
बजारमा आज २६१ कम्पनीकाे ५० लाख २४ हजारको कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७६ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यस्तै, आज ११० वटा कम्पनीको सेयर मूल्य बढ्दा ९३ वटा कम्पनीको घटेको छ भने १३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, नेपाल बैंकको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ५ करोड ९३ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।
नेपाल बैंक लिमिटेडसहित आज रिडी पावर कम्पनी लिमिटेड, एनआइसी एसिया बैंक लिमिटेड, लुम्बिनी जेनरल इन्स्याेरेन्स, स्ट्यान्डर चाटर्ड बैंक लिमिटेड, नबिल बैंक लिमिटेड, अपि पावर कम्पनी, पिपुल्स हाइड्राे पावर कम्पनी, नेपाल दुरसञ्चार कम्पनी र हिमालयन डिष्टिलरी लिमिटेड आदि १० कम्पनीकाे सेयर काराेबार सबै भन्दा बढी भयाे ।