Date

बुध, जेष्ठ १, २०८२
Wed, May 14, 2025

शुक्रबार एकैदिन तोलामा १३ सय रुपैयाँ घट्यो सुनको मूल्य, चाँदीकाे कति ?

शुक्रबार एकैदिन तोलामा १३ सय रुपैयाँ घट्यो सुनको मूल्य, चाँदीकाे कति ?

काठमाडाैं, २७ माघ । शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। आज एकैदिन सुनकाे मूल्य ताेलामा १३०० रूपैयाँ र चाँदीकाे मूल्य ताेलामा ३० रुपैयाँले घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य ताेलाकाे एक लाख तीन हजार छ सय रुपैयाँ कायम भएकाे छ । हिजाे छापावाल सुन प्रतिताेला एक लाख चार हजार नौ सय रुपैयाँमा काराेबार भएकाे थियाे ।

यस्तै आज तेजाबी सुनकाे मूल्य प्रतितोला एक लाख तीन हजार एक सय रुपैयाँकायम भएकाे छ। हिजाे तेजाबी सुन प्रतितोला एक लाख चार हजार चार सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य ताेलामा ३० रूपैयाँले घटेको छ। आज चाँदी प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। हिजाे चाँदी प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भएको थियो।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *