क्यूआरबाट नेसनल लाइफ इन्स्योरेन्सको बिमाशुल्क भुक्तानी गर्न मिल्ने
काठमाडौं, १६ फागुन । नेसनल लाइफ इन्स्योरेन्सको बिमाशुल्क क्यूआरबाट तिर्न सकिने भएको छ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना ग्राहक वर्गहरुलाई उच्चतम प्रविधिमा आधारित सर्व सुलभ सेवा प्रदान गर्ने उदेश्यले कम्पनीको सबै शाखा मार्फत फाेन पे नेटवर्कमा आवद्ध वित्तिय संस्था इसेवाकाे डाइनामिक क्युआर स्क्यान गरी आफ्नो बीमाशुल्क बुझाउन सकिने व्यवस्था गरेको हाे ।
कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्री र ईसेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काको उपस्थितिमा केन्द्रीय कार्यालयमा सेवाको सुरुआत भएको छ ।
यस प्रकारको उच्चतम प्रविधिमा आधारित सेवाबाट कम्पनीका ग्राहक वर्गहरुले नगद रहित भुक्तानी गरी लाभ उठाउन सक्ने आपेक्षा गरिएको छ ।
नेसनल लाइफका सबै शाखाबाट ग्राहकले यो सुविधा पाउने छन् ।