Date

आइत, जेष्ठ ६, २०८१
Sun, May 19, 2024

७ महिनामा ३४ अर्ब ६७ करोडको खाद्यान्न आयात

७ महिनामा ३४ अर्ब ६७ करोडको खाद्यान्न आयात

काठमाडौं, २३ फागुन । चालू आर्थिक वर्षको ७ महिनामा नेपालमा३४ अर्ब ६७ करोड ८४ लाख रुपैयाँ बराबरको खाद्यान्न आयात भएको छ । भन्सार विभागका अनुसार सो अवधिमा उक्त मूल्य बराबरकोे चामल, मकै, धान, गहुँ, जौ र कोदो आयात भएको हो । अघिल्लो वर्ष सो अवधिमा ५० अर्ब ५३ करोड २२ लाख २३ हजार रुपियाँको खाद्यान्न आयात भएको थियो ।

यो वर्ष धानको उत्पादनमा सामान्य वृद्धिसँगै आयातमा लगाइएका प्रतिबन्धका कारण खाद्यान्न आयातमा कमी भएको हो । नेपाल राष्ट्र बैङ्कले विदेशी मुद्रा सञ्चिति जोगाउन आयातमा गरेको कडाइ र आयातमा एलसी ९प्रतीतपत्र० खोल्दा शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्थाका कारण खाद्यान्न आयातमा कमी भएको व्यवसायीको भनाइ छ । त्यसैगरी भारतले गहुँ निर्यातमा लगाएको प्रतिबन्ध र धान चामल निर्यातमा भन्सार शुल्क बढाएका कारण खाद्यान्न आयातमा कमी भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । भारतले गत भदौरअसोजमा धान र चामल निर्यातमा २० प्रतिशतसम्म भन्सार शुल्क लगाएको थियो ।

विभागको तथ्याङ्कअनुसार चालू आवको सात महिनाको अवधिमा १० अर्ब ६६ करोड ८० लाख सात हजार रुपियाँको चामल आयात भएको छ । अघिल्लो वर्ष सो अवधिमा १९ अर्ब ९२ करोड ४३ लाख ५५ हजार रुपियाँको चामल आयात भएको थियो । यस्तै सात महिनामा १० अर्ब ४० करोड ११ लाख रुपियाँको मकै आयात भएको छ । अघिल्लो वर्ष सो अवधिमा १३ अर्ब ४४ करोड ३६ लाख एक हजार रुपियाँको मकै आयात भएको थियो । मकै विशेष गरी कुखुराका दानाको आयात हुने गर्छ । यो वर्ष धान आयात भने सामान्य बढेको छ । सात महिनामा १३ अर्ब ४७ करोड ८४ लाख रुपियाँ बराबरको धान आयात भएको छ । गत वर्ष १२ अर्ब ४६ करोड ३४ लाख ११ हजार रुपियाँको आयात भएको थियो । सात महिनामा १० करोड १८ लाख ८५ हजार रुपियाँको गहुुँ आयात भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x