Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

सीजीफिन्को स्थापनाको २० वर्ष पुरा

सीजीफिन्को स्थापनाको २० वर्ष पुरा

काठमाडाैं, १४ चैत । चौधरी ग्रुपअन्तर्गत रहेको सीजीफिन्को प्रालिले स्थापनाको २० वर्ष सफलतापुर्वक पुरा गरेको अवसरमाआफ्ना ग्राहकहरूप्रति सम्मान व्यक्त गरेको छ ।

२०औँ बार्षिकोत्सवमनाउन सोमबार राजधानीमाआयोजितकार्यक्रममा सीजीफिन्कोका अध्यक्षनिर्वाण चौधरीले यस कम्पनीको सफलताको आधार आफुमाथिविश्वास गर्ने ग्राहकलाई जाने भन्दै सबैमा सम्मानब्यक्तगर्नु भएको हो ।

उक्तअवसरमाअध्यक्षचौधरीलेआफ्नो पहिलो विजनेशका रुपमा स्थापित सीजीफिन्कोले आफ्नो विजनेश करियरमा कोशे ढुंगााको काम गरेको स्मरण गर्नुहुदै नयाँलगानी र महत्वपूर्ण निर्णयहरू गर्दा यस कम्पनीबाट आफुलाई प्रोत्साहनमिल्ने गरेको बताए । सीजीफिन्को आज नेपालमा वैदेशिकमुद्राभित्रयाउने जिम्मेवारीमाअब्बल सावित हुदै आएको र विदेशमा रहेकाहरूकाे लागि नेपालमा पैसा पठाउने भरपर्दो साथीबन्न सकेकोमा पनि खुशी व्यक्त गरे ।

‘सीजीफिन्कोले मेरोविजनेश करियरमाखास महत्व राख्छ। मलाई लाग्छ २०बर्षअघि सीजीफिन्कोको स्थापनाले नेपालको विप्रेषण उद्योगलाई रूपान्तरण गरेको थियो र आजविप्रेषण उद्योग नेपालको कुलगार्हस्थ्यउत्पादनमा सबैभन्दा बढी योगदानदिने क्षेत्र बनेको छ’, चौधरीले भने ।

विदेशमा काम गर्ने नेपालीहरूका लागि नेपालमा पैसा पठाउने एक विश्वसनीय संस्थामा त्रनभई सीजीफिन्कोले गैरकानूनी रूपमा हुने रकम हस्तान्तरण न्युनीकरणमा पनि महत्वपुर्ण योगदान गरिरहेको उनले बताए । साथै, आगामी दिनमा सीजीफिन्को अझ सशक्त रुपमा विप्रेषण सेवालाई सजिलो र भरपर्दो बनाउन प्रतिबद्ध रहेको जानकारी पनि समेत गराए ।

‘आगामी दिनमा सीजीफिन्कोले डिजिटल रेमिट्यान्समा जोड दिदै विप्रेषण उद्योगमा आफ्नो स्थान अझ मजबुत बनाउनेछ’ चौधरीले भने ।

कार्यक्रममा सीजीफिन्कोले उत्कृष्ट चार कर्मचारीलाई कदरपत्र प्रदान गरेको थियो । जस अन्तर्गत, मार्केटिङ जिनियस अवार्डबाट रमेस रेग्मी, अन्म्याच्ड डेडीकेसन अन्तर्गत रेणु प्रधान, बेस्ट कस्टमर सेन्ट्रीसिटिमा प्रतिमाशर्मा पोखरेल र राइजिङ स्टार अवार्डबाट आसिष कुमार हमाल सम्मानीत भएका थिए ।

२००३ मा स्थापित सीजीफिन्को अमेरिकन कम्पनी वेस्टर्न युनियन मनि ट्रान्सफरको नेपालका लागि सुपर एजेन्टको रुपमा काम गर्दै आएको छ । देशभर १०० ओटा आउटलेटबाट सेवा सुरु गरेको यस संस्थाले अहिले चार हजारभन्दा बढी एजेन्ट मार्फत नेपालभर विप्रेषण सेवा दिँदै आएको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x