महाराजगंज स्थित नेपाल प्रहरी अस्पतालमा हिमालयन बैंककाे नगद संकलन काउन्टर सञ्चालनमा
काठमाडाैं, २७ वैशाख । हिमालयन बैंक लिमिटेडले महाराजगंज स्थित नेपाल प्रहरी अस्पतालमा बैशाख २१ गते बिहिबारदेखि नगद संकलन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंक र अस्पतालले एक समारोहबीच नगद संकलन काउन्टर संचालन गर्ने सम्झौता गरेको हो ।
बैंकले अस्पतालमा उक्त सेवा २४ सै घण्टा (सार्वजनिक बिदाका दिनहरुमा पनि) प्रदान गर्नेछ । बैंकद्वारा प्रदान गरिने सो सेवाले अस्पतालमा सेवा लिन आउने बिरामी एवं बिरामीहरुका परिवार÷आफन्तजन तथा अस्पतालका कर्मचारीहरुलाई सहजता प्रदान गर्नेछ ।
नगद संकलन काउन्टर संचालनमा ल्याउने सम्झौता पत्रमा बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणा र अस्पतालका तर्फबाट अस्पतालका मेडिकल डाइरेक्टर डा. आशा सिंहले हस्ताक्षर गरे । सो समारोहमा बैंक तथा अस्पतालका अन्य कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।