Date

मङ्ल, बैशाख २५, २०८१
Tue, May 7, 2024

मौद्रिक नीति आइतवार ३ बजे सार्वजनिक हुँदै

मौद्रिक नीति आइतवार ३ बजे सार्वजनिक हुँदै
काठमाडौं, ५ साउन । चालू आर्थिक वर्षका लागि नेपाल राष्ट्र बैंकले ल्याउन लागेको मौद्रिक नीति आइतवार सार्वजनिक गरिने भएको छ । सो दिन दिउँसो ३ बजे पत्रकार सम्मेलन गरी मौद्रिक नीति सार्वजनक गरिने राष्ट्र बैंक स्रोतले बताएको छ । सामान्य अवस्थामा मौद्रिक नीति साउन पहिलो साता सार्वजनिक गरिने प्रचलन अनुसार नै यस वर्षको मौद्रिक नीति आइतवार आउन लागेको हो ।
नयाँ मौद्रिक नीतिप्रति निजीक्षेत्रले ठूलो अपेक्षा गरेको छ । विशेषगरी आर्थिक तथा व्यावसायिक क्षेत्र चलायमान बनाउनेगरी खुकुलो र विस्तारकारी मौद्रिक नीति आउनुपर्नेमा निजीक्षेत्र एवं सरोकारवालाहरुले जोड दिएका छन् । केन्द्रीय बैंकले भने बजेटले लिएका लक्ष्यलाई सहज बनाउनेगरी सन्तुलित मौद्रिक नीति आउने बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x