पर्यटन व्यवसायी संगठनको प्रदेश र जिल्ला कमिटि गठन

काठमाडौं, २३ जेठ । पर्यटन व्यवसायी संगठन नेपालले सात वटै प्रदेशमा प्रदेश कमिटि र जिल्ला कमिटिहरु निर्माण गर्ने निर्णय गरेको छ । हिजो बसेको संगठनको पहिलो बैठकले यो सँगै बिभिन्न १० वटा बिभागहरु निर्माण गरि प्रमुख र सह–प्रमुखहरु पनि तोकेको छ ।

यसका साथै आगामी भिटोफ नेपालको निर्बाचन तयारीका लागि संगठनका उपाध्यक्ष शिब लामिछानेको नेतृत्वमा एक कमिटि पनि गठन गरेको छ। त्यस्तै संगठनका उपाध्यक्ष बच्चु नारायण श्रेष्ठलाई आगामी कार्यक्रम तयारी गर्ने जिम्मेबारी दिनुका साथै महासचिव राजेन्द्र प्रसाद सापकोटाले पेस गरेको कार्य बिभाजनलाई सर्वसम्मत अनुमोदन गरेको प्रचार बिभाग प्रमुख हरिभक्त श्रेष्ठले जानकारी दिए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *