Date

बिहि, पुस २५, २०८१
Thu, January 9, 2025

वैदेशिक अध्ययन शीर्षकमा एक वर्षमा एक अर्ब ४२ करोड बाहिरियो

वैदेशिक अध्ययन शीर्षकमा एक वर्षमा एक अर्ब ४२ करोड बाहिरियो

काठमाडौं, १५ भदौ । नेपला राष्ट्र बैंकको तथ्यांक अनुसार गत वर्ष पाँच वर्ष यताकै बढी रकम शिक्षा मार्फत नेपाली विद्यार्थीले विदेश अध्ययनका लागि लगेका छन् । गत वर्ष १ खर्ब ४२ करोड रुपैयाँ नेपाली विद्यार्थीले विदेश अध्ययनका लागि नेपालबाट बाहिर लगेका हुन् । जुन अघिल्लो वर्षको तुलनामा ४८.३३ प्रतिशतले बढी हो । अघिल्लो वर्ष भने नेपालबाट ६७ अर्ब ७० करोड रुपैयाँ बाहिरिएको थियो ।

राष्ट्र बैंकको तथ्याङ्क अनुसार मासिक औसतमा ८ अर्ब ३६ करोड भन्दा बढी विदेशी मुद्रा नेपालबाट बाहिरिएको देखिन्छ । गत वर्ष २०७९ को साउनमा ७ अर्ब १३ करोड, भदौमा ५ अर्ब ६३ करोड, असोजमा ५ अर्ब १३ करोड र कात्तिकमा ४ अर्ब ७२ करोड रुपैयाँ नेपाली विद्यार्थीले विदेश अध्ययनका लागि लगेका थिए ।

मङ्सिर, पुस र माघमा क्रमशः ६ अर्ब २० करोड, ६ अर्ब ५५ करोड र ८ अर्ब ३८ करोड रुपैयाँ बाहिरिएको थियो । त्यसपछिका महिनामा भने वृद्धि भएको देखिन्छ । राष्ट्र बैङ्कका अनुसार फागुनमा १० अर्ब ९६ करोड र चैतमा १२ अर्ब ४९ करोड रुपैयाँ बाहिरिएको थियो । त्यसपछिको महिना अर्थात् गत वैशाखमा घटेर ७ अर्ब ९५ करोड रुपैयाँ नेपाली विद्यार्थीले नेपालबाट विदेश पढ्नका लागि लगेका थिए । गत जेठमा भने गत आवकै सबैभन्दा धेरै अर्थात् १४ अर्ब ४ करोड रुपैयाँ बाहिरिएको थियो । गत असारमा भने ११ अर्ब २४ करोड रुपैयाँ बाहिरिएको थियो ।

कोरोना महामारीपछि विदेश पढ्न जानको संख्या बढ्न थालेको हो । गत वर्ष मात्रै १ लाख १० हजार २१९ जना विद्यार्थीहरूले एनओसी लिएका छन् । शिक्षा मन्त्रालयको तथ्याङ्क अनुसार अघिल्लो वर्षको तुलनामा केही सङ्ख्या घटेको छ । तर, विदेश अध्ययन मोह कम भने देखिँदैन । विशेषगरि कक्षा १२ र स्नातक पढेर विदेश पढ्न जाने विद्यार्थीहरूको सङ्ख्या निकै बाक्लो रहेको छ ।

हाल नेपाली विद्यार्थीहरू अमेरिका, अष्ट्रेलिया, जापान, क्यानडा, जर्मनी, न्युजील्याण्ड लगायत विश्वका धेरै मुलुकहरूमा अध्ययनका लागि जाने गरेका छन् । विशेषगरि गरी यी मुलुक नै नेपाली विद्यार्थीको रोजाइमा पर्ने गरेको देखिन्छ । पढाइका साथै राम्रो कमाई हुने भएपछि नेपाली विद्यार्थी विदेशिने गरेका हुन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x