कोशीमा किचलो: सर्बोच्चको आदेशपछि मुख्यमन्त्री बन्दै कार्की

काठमाडौं, २२ भदौ । सर्वोच्च अदालतले ४८ घण्टाभित्रमा मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएपछि कोशी प्रदेशका एमाले संसदीय दलका नेता हिक्मत कार्कीले अब मुख्यमन्त्री बन्दै छन । उनले सबै दलसँग छलफल गरेर अगाडी बढ्ने प्रतिक्रिया दिएका छन्।
कार्कीले कानुनहरु मिच्ने अभ्यास भएको र सर्वोच्चले आफूहरुलाई सर्वोच्चले सच्याइदिएकाले अब सबै दलसँग मिलेर अगाडी बढ्ने बताएका हुन्। कार्की आफैंले दोस्रो पटक दायर गरेको रिटमा सर्वोच्च अदालतको पूर्ण इजलासले तीन दिनको सुनुवाइपछि उनको पक्षमा परमादेश जारी गरेको हो। परमादेश जारी भएसँगै कार्कीले आफूहरूले मध्यावधी चुनाव नचाहेको बताए।
कार्कीले ठूलो दलको हैसियतमा आफूलाई मुख्यमन्त्री बनाउन माग गर्दै सर्वोच्चमा रिट हालेका थिए।