Date

शनि, बैशाख १५, २०८१
Sat, April 27, 2024

आरएसडिसी लघुवित्तको हकप्रद शेयर असार १७ देखी

आरएसडिसी लघुवित्तको हकप्रद शेयर असार १७ देखी

काठमाडौं, २९ जेठ । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले असार १७ देखी श्रावण २० गतेसम्म हकप्रद शेयरको बिक्री खुल्ला गर्ने भएको छ । लघुवित्तले ५ बराबर ३ अर्थात ६० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने जनाएकोछ । हकप्रद शेयर निष्कासनको लागि लघुवित्तले जेठ २२ गते शेयर दर्ता किताब बन्द गरेको थियो । जेठ २१ गतेसम्म लघुवित्तको शेयर किन्ने लगानीकर्ताहरुले हकप्रद शेयरको लागि आवेदन दिन सक्नेछन् ।

लघुवित्तले २१ करोड ५९ लाख ७० हजार रुपैयाँ बराबरको २१ लाख ५९ हजार सात सय कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । उक्त हकप्रद शेयरको अंकित मुल्य एक सय रुपैयाँ रहेको छ । लघुवित्तले उक्त हकप्रद शेयरको निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईविएल एस क्यापिटललाई नियुक्त गरेको छ ।

हकप्रद शेयर पछि लघुवित्तको चुक्ता पुँजी ५७ करोड ५९ लाख रुपैयाँ पुग्नेछ । लघुवित्तको हाल चुक्ता पुँजी ३५ करोड ९९ लाख रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x