Date

बिहि, कार्तिक १५, २०८१
Thu, October 31, 2024

हस्तकला वस्तुको निकासी व्यापारमा विद्यमान समस्या र समाधानका उपायहरु विषयक गोष्ठी सम्पन्न

हस्तकला वस्तुको निकासी व्यापारमा विद्यमान समस्या र समाधानका उपायहरु विषयक गोष्ठी सम्पन्न

काठमाडाैं, ३ भदाै । हस्तकला वस्तुको निकासी व्यापारमा विद्यमान समस्या र समाधानका उपायहरु विषयक गोष्ठी सम्पन्न भएकाे छ ।

नेपाल हस्तकला महासंघद्वारा नेपाल बैंक लिमिटेडको सह आयोजनामा समग्र हस्तकला उद्योग व्यवसायको समस्या र यस क्षेत्रमा आगामी दिनमा गर्नु पर्ने कार्यहरुको पहिचान गर्ने उद्देश्यले साे गोष्ठी आयोजना गरिएकाे हाे ।

नेपाल सन् २०२६ पछि अल्प बिकसित मुलुकबाट बिकाससील मुलुकमा स्तरोन्नति हुँदैछ । त्यसपछिका अवसर र चुनौतीहरुलाई समेत मध्यनजर गरि १६औं पञ्चवर्षिय योजनामा पनि हस्तकला क्षेत्रमा गर्न सकिने योजनाहरु पहिचान गर्नु पर्ने महासंघले बताएकाे छ ।

गोष्ठीमा नकासी ब्यापारसंग सम्बन्धित नेपाल सरकार र निजी क्षेत्रका सरोकारवाला निकायहरुका प्रतिनिधिहरु, निर्यातकर्ता तथा उद्यमी ब्यवसायीहरु सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रमुख अथिति नेपाल सरकार, उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनीले हस्तकलाका वस्तुलाई व्यापारको नजरबाट मात्र हेरिन नहुने भन्दै यसले हाम्रो मौलिक कला, संस्कृति र सम्पदाको झल्को विदेश सम्म उपहारको रुपमा पु¥याउने र नेपाली सिप र कलाको उत्कृष्टताको पहिचान उजागर गरि विदेशी मुद्रा नेपालमा भित्राउन समेत योगदान गरेको बताए ।

व्यापार र अर्थ व्यापकताको प्रचुर सम्भावना बोकेको यस क्षेत्र र यसको निर्यात व्यापार विगत केहि वर्ष देखि स्थिर देखिएको अवस्थामा निजी संघ–संस्थाहरुले पनि हस्तकलाको निर्यात वढाउन र नयाँ बजार खोज गर्न पहल गनुपर्ने बताए।

समयसापेक्ष र आवस्यकता अनुसार व्यापार नीतिहरुमा सुधार गर्दै लानको लागि अधिकतम सहयोग गर्ने बताउँदै ।त्यस्तो प्रस्तावप्रति नेपाल सरकार अत्यन्तै सकारात्मक रहने बताए ।

यस्तै कार्यक्रममा व्यापार तथा निकासी प्रवर्द्धन केन्दका कार्यकारी निर्देशक, शरद विक्रम राणाले हस्तकला उद्योग र व्यवसायको विकास एवं निकासीको लागि नीजि र सरकारी निकायहरु दुवैले आ–आफ्नो तर्फबाट योजनाकृत योगदान गनुपर्ने बताए।

हाल नेपाली हस्तकला निर्यातको अवस्था केहि सानो र स्थीर रहेकोमा यसलाई फैलाउन र बढाउदै लानको लागि महासंघको तर्फबाट आफ्नो ब्यापार मेला जस्ता प्लेटफर्महरुमा विदेशीहरुलाई बोलाई बीटुबी बैठकहरुका माध्यमबाट प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गर्नुपर्ने बताए ।

उद्यमी व्यवसायीहरुको क्षमता विकास गर्दै लान महासघले विशेष पहल गनुपर्नेमा जोड दिए । जमाना अनुसार अनलाइन ट्रेडको माध्यममा जानुपर्ने भन्दै सो कार्यको लागि नीजि र सरकारी तवरबाट विशेष तयारीका साथ अगाडी वढ्नुपर्ने उनले बताए।

यसै क्रममा हस्तकला वस्तुको निकासी व्यापारमा विद्यमान समस्या र समाधानका उपाय बिषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका पूर्व उपसचिव हिमाल थापाले गोष्ठीमा कार्यपत्र प्रस्तुति गरे ।

उनले नेपालको अर्थतन्त्रमा हस्तकला उद्योगले पु¥याउँदै आएको योगदानको बारेमा आफ्नो कार्यपत्रमा विस्तृत रुपमा चर्चा गरे। साथै उनले प्रमुख हस्तकला वस्तुहरुको निकासी स्थिति, नेपाली हस्तकलाका वस्तुको प्रमुख गन्तव्य, नेपाली हस्तकला वस्तुको विशेषता, नेपाली हस्तकलाको आन्तरिक तथा नितिगत समस्याहरु, नेपाली हस्तकला उद्योगको प्रवद्र्धनका लागि चालिनु पर्ने कदमहरु आदि बारेमा विस्तृत प्रस्तुति गरे

यस्तै सह आयोजक नेपाल बैंक लिमिटेडबाट वरिष्ठ प्रबन्धकबाट निकासी व्यापार प्रवद्धन तथा सहजिकरणमा वाणिज्य बैंकको भूमिका र बैंकहरुले निर्यातकर्ता, उद्योगी व्यवसायीहरुलाई उपलब्ध गराउने कर्जाहरु तथा निकासी व्यवसायमा प्रयोग हुने भुक्तानीका सेवाहरु बारेमा प्रस्तुति गरे।

महासंघको वाणिज्य परिषद्का सभापति तथा महासंघका उपाध्यक्ष दिल्ली रत्न तुलाधरले हाल नेपाल सरकारबाट हस्तकला उद्योग व्यवसायलाई साना, घरेलु तथा लघु उद्योगमा राखेर विभिन्न नीति नियमहरु तर्जुमा गरेकोमा हस्तकला उद्योग व्यवसायलाई छुट्टै उद्योगको रुपमा पहिचान नगरेसम्म यस क्षेत्रको समुचित विकास नहुने धारणा व्यक्त गरे

हस्तकला एक विशेष प्रकृतिको उद्योग भएकोले यसलाई अल्लगै नीति नियमको आवश्यकता रहेको र यस कार्यक्रमबाट आएको विभिन्न सुझावहरुलाई एकिकृत गरी एक दस्तावेज बनाई नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बुझाई सो बमोजिम नीति नियमहरु कार्यान्वयन गराउने उनले बताए ।

 

 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x