Date

शनि, चैत्र २९, २०८१
Sat, April 12, 2025

तीन महिनाको नेपालको व्यापारघाटा पौने चार अर्ब

तीन महिनाको नेपालको व्यापारघाटा पौने चार अर्ब

काठमाडौं, १२ कात्तिक । चालू आर्थिक वर्षको तीन महिनामा नेपालले तीन खर्ब ६७ अर्ब रुपैयाँको व्यापार घाटा व्यहोरेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको तथ्याङक अनुसार तीन महिना असोजसम्ममा नेपालको व्यापार घाटा तीन खर्ब ६६ अर्ब ८८ करोड ४० लाख ८४ हजार रुपैयाँ पुगेको हो ।

यो अवधीमा ४ खर्ब ७ अर्ब ७५ करोड ८९ लाख ७५ हजार रुपैयाँको वस्तु आयात भएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १ दशमलब ६९ प्रतिशतले बढी हो । असोज महिनामा मात्रै १ खर्ब ४८ अर्बको आयात भएको भन्सार विभागको जनाएको छ । यो अवधीमा निर्यात भने घटेको छ । निर्यात गत वर्षको तुलनामा २ दशमलब १६ प्रतिशतले घटेर ४० अर्ब ८७ करोड ४८ लाख ९१ हजार रुपैयाँको मात्र भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ४१ अर्ब ८२ करोड १ लाख ९३ हजार रुपैयाँको वस्तु निर्यात भएको थियो ।

आयातमा केही सुधारसँगै पहिलो त्रैमासमा भन्सार राजस्व १ खर्ब ९ अर्ब २४ करोड ९१ लाख ६ हजार रुपैयाँ संकलन भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x