सुनको भाउ पाँच सयले घट्ट्यो

काठमाडौं कार्कित १३, नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको लागि सुनको भाउ तोकेसँगै नेपाली बजारमा आज सुनको भाउ ५ सय रुपैयाँले घटेको छ । योसँगै आज एक तोला सुन १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार हुने भएको छ । त्यस्तै चाँदीको भाउ भने ५ रुपैयाँले घटेको छ।
हिजो नेपाली बजारमा एक तोला सुनको मूल्य एक लाख १७ हजार रुपैयाँ थियो भने चाँदीको भाउ हिजो १४१५ मा कायम रहेको थियो ।