११३ मुलुकसँग नेपालको व्यापार घाटा

काठमाडौं, १३ कात्तिक । चालु आर्थिक वर्षको २०८०/८१ को असोज महिनासम्ममा नेपालले ११३ वटा देशसँग व्यापार घाटा बेहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार १३८ वटा देशसँग व्यापार हुँदा ११३ वटा देशसँग व्यापार घाटा भएको छ भने २५ देशसँग व्यापारमा सुधार भएको छ ।
नेपालको सबैभन्दा धेरै व्यापार घाटा भारतसँग रहेको छ । भारतसँग नेपालको व्यापार घाटा रु. २ खर्ब २४ अर्ब ३६ लाख बराबरको रहेको छ । नेपालले भारतबाट रु. २ खर्ब ५० अर्ब ६१ लाख बराबरको आयात गर्दा रु. २६ अर्ब २४ लाख बराबरको मात्र निर्यात गरेको छ ।