Date

शनि, मंसिर १५, २०८१
Sat, November 30, 2024

तीन सयभन्दा बढी अमेरिकीलाई गाजाबाट सुरक्षित स्थानमा सारिएको ह्वाइट हाउसको भनाइ

तीन सयभन्दा बढी अमेरिकीलाई गाजाबाट सुरक्षित स्थानमा सारिएको ह्वाइट हाउसको भनाइ

काठमाडाैं,२० कात्तिक ।  हमासविरुद्ध इजरायलको संघर्ष चर्किँदै जाँदा तीन सयभन्दा बढी अमेरिकी र उनीहरूका परिवारलाई गाजापट्टीबाट सुरक्षित स्थानमा सारिएको ह्वाइट हाउसले हिजाे आइतबार जनाएको छ ।

ह्वाइट हाउसका उपराष्ट्रिय सुरक्षा सल्लाहकार जोनाथन फिनरले सीबीएस न्यूजसँग कुरा गर्दै हालैका दिनहरूमा गरिएको उद्धार ‘यस द्वन्द्वसँग सम्बन्धित सबै पक्षसँग गहन वार्ताको परिणाम’ भएको बताए ।

यी प्रयासका बावजुद गाजाभित्र अझै पनि ‘धेरै’ अमेरिकीहरू रहेको वासिङ्टनको विश्वास छ ।

फिनरले भने, “गाजा छोड्न चाहने प्रत्येक अमेरिकीलाई उद्धार गरिनसक्दासम्म हामीले प्रमुख प्राथमिकताका साथ उद्धार प्रयासलाई जारी राख्नेछौं ।”

हप्तौंको युद्धपछि गाजादेखि इजिप्टसम्मको राफा सीमा नाका बुधबार देखि खुल्यो, जसले गर्दा घाइते प्यालेस्टिनी र दोहोरो नागरिकता भएका मानिसहरूलाई त्यहाँबाट बाहिर जान अनुमति दिइएको थियो ।

ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीले हमासले आफ्ना लडाकूलाई गाजाबाट बाहिर निकाल्नका लागि अमेरिकी मध्यस्थतामा भएको सम्झौताको दुरुपयोग गरेको आरोप लगाएका छन् ।

अधिकारीका अनुसार हमासले उपलब्ध गराएको सूचीमा एक तिहाइ नाम प्यालेस्टिनीको रहेको र तीमध्ये एक तिहाइ नाम हमासका सदस्य र लडाकूको रहेको बताइएको छ ।

ह्वाइट हाउसले गत बुधबार र बिहीबार करिब ८० जना अमेरिकी नागरिक र उनीहरूका परिवारका सदस्यले देश छोडेको बताएपछि आइतबार उद्धार गरिएका अमेरिकीहरूको पछिल्लो गणना आएको हो ।

गाजामा गत अक्टोबर ७ मा हमासले इजरायलमा गरेको रक्तपातपूर्ण आक्रमणबाट एक हजार ४०० भन्दा बढी व्यक्तिको मृत्यु भएको इजरायली अधिकारीहरूले बताएका छन् ।

हमास शासित गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली बमबारीमा नौ हजार २२७ जनाभन्दा बढीको मृत्यु भएको छ ।

अर्थ को अर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x