ताेलामा ५०० रूपैयाँले घट्याे सुनकाे मूल्य

काठमाडाैं, २० कात्तिक । आइतबार स्थिर रहृकाे सुनको मूल्य आज भने प्रतितोला ५०० रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला रू एक लाख १५ हजार ४०० र तेजाबी सुन प्रतितोला एक लाख १४ हजार ८५० रुपैयाँ निर्धारण गरिएकाे छ।अघिल्लाे दिन आइतबार छापावाल सुन प्रतिताेला रू एक लाख १५ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार ३५० रुपैयाँ निर्धारण गरिएकाे थियाे ।
त्यसैगरी, आज चाँदीको मूल्यभने स्थिर रहेकाे छ ।अघिल्लाे दिन प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आजपनि १४ सय १५ रुपैयाँ नै निर्धारण गरिएकाे छ।