Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

गोर्खा ब्रुअरी प्रालिद्वारा भूकम्प पीडितका लागि सरकारलाई १ करोड हस्तान्तरण

गोर्खा ब्रुअरी प्रालिद्वारा भूकम्प पीडितका लागि सरकारलाई १ करोड हस्तान्तरण

काठमाडाैं, २२ कार्तिक । गोर्खा ब्रुअरी प्रालिले हालैका भूकम्प पीडितको पुनःस्थापनाका लागि नेपाल सरकारलाई १ करोड रुपैयाँ सहयोग गरेको छ । उक्त रकमको चेक गोर्खा ब्रुअरीका डीएमडी सुरेन्द्र सिलवालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरेका छन् ।

डीएमडी सुरेन्द्र सिलवालले गोर्खा ब्रुअरीले देशलाई विपद्को घडीमा सहयोग गर्न पाएकोमा सन्तुष्टि रहेको बताए । उनले यस अघि पनि गोर्खा ब्रुअरीले देशमा आइपरेको प्राकृतिक विपत्तिहरुमा उल्लेख्य सहयोग गर्दै आएको, विशेष गरि ऋइख्क्ष्म् महामारी र २०७२ को महाभूकम्प पछि कर्पोरेटहरू मध्येबाट सबैभन्दा ठूलो सहयोग गरेको उल्लेख गरे ।

यस ब्रुअरीद्वारा उत्पादित नेपालको सबैभन्दा धेरै बिक्ने र लोकप्रिय कार्ल्सबर्ग, टुबोर्ग र गोर्खा बियर जस्ता ब्रान्डहरूद्वारा नेपालमा संगीत, खेलकुद लगायत अन्य विभिन्न क्षेत्रहरूको विकासमा सहयोग पुर्याउँदै आएको बताए ।

गोर्खा ब्रुअरी कार्ल्सबर्ग समूहको एक हिस्सा हो र यसको ब्रान्ड विश्वभर १४० भन्दा बढी बजारमा परिचित छन् । यसले देशमा आफ्नो महत्त्वपूर्ण आर्थिक र सामाजिक योगदानलाई सङ्केत गर्दै नेपालको शीर्ष पाँच उच्च कर तिर्ने कर्पोरेशनहरू मध्ये एक भएको गौरव प्राप्त गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x