Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

कैलालीमा १२ औँ राष्ट्रिय कर सप्ताह समापन

कैलालीमा १२ औँ राष्ट्रिय कर सप्ताह समापन

धनगढी, ८ मंसिर । कैलाली आन्तरिक राजश्व कार्यालयले १२औँ राष्ट्रिय कर दिवस तथा कर सप्ताह विभिन्न कार्यक्रम गरि मनाएको छ ।

हरेक नागरिकलाई करको दायरामा आउनका लागि आह्वानस्वरुप मंसिर १ गतेदेखि कैलालीमा सुरु गरिएको १२ औँ कर दिवस बिहिबार समापन गरिएको हो ।

स्वस्थ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन’ भन्ने नारासहित शुरु भएको सप्ताहको बिहिबार सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव हरि लम्सालको प्रमुख आतिथ्यमा समापन कार्यक्रम गरिएको थियाे ।

समारोहमा प्रदेश प्रमुख सचिव लम्सालले कर आफनै लागि हो भन्ने बुझाउन जरुरी रहेको बताए । उनले कर प्रशासनलाई विविधिकरण गर्दै लग्न जरुरी रहेको बताए ।

उनले राज्य सञ्चालन गर्न कर लिइने र सोही करबाट विकास निर्माण लगाइने कुराको जानकारी सबैलाई दिन आवश्यक रहेको बताए । उनले भने –‘करबारे सर्वसाधारणलाई स्पष्ट बुझाउन सकिएको छैन् तर, राज्यबाट पनि कर लिएको अनुसार काम हुन सकेको छैन् ।’

कैलाली भन्सार कार्यालयका प्रमुख राजेन्द्रकुमार हमालले करबाटै खानेपानी, विद्युत, सडक, कल्र्भट निर्माण लगायतका काम हुने बताए ।

उनले भने ‘कर राज्य संचालनको प्रमुख माध्यम हो । सोही करबाट जनताका आधारभुत मागहरु पुरा हुन्छन् । करले पनि राज्य संचालनमा समस्या आए अनुदान लगिन्छ ।’

उनले समयमै सबैले कर तिर्न जरुरी रहेको बताए । आन्तरिक राजश्व कार्यालयका प्रमुख मोहनराज बस्नेतले करदातालाई जनचेतना दिलाउन हरेक वर्ष सप्ताह कार्यक्रम गर्ने गरेको उनले बताए ।

अर्थ को अर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x