Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

‘बेस्ट लाइफ इन्स्योरेन्स अवार्ड–नेपाल’बाट आईएमई लाइफ इन्स्योरेन्स सम्मानित

‘बेस्ट लाइफ इन्स्योरेन्स अवार्ड–नेपाल’बाट आईएमई लाइफ इन्स्योरेन्स सम्मानित

काठमाडाैं, ८ मंसिर । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ‘बेस्ट लाइफ इन्स्योरेन्स अवार्ड–नेपाल’ बाट सम्मानित भएकाे छ ।

इन्डियन चेम्बर अफ कमर्स द्वारा बिहिबार मुम्बईमा आयोजित प्रतिष्ठित चौथो इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड २०२३ मा आईएमई लाइफ सम्मानित भएकाे हाे ।

विश्व विख्यात चार्टर्ड एकाउन्टेन्सी तथा कन्सल्टेन्सी संस्था PWC, Indian Institute of Insurance लगायत थुप्रै संस्थाहरुद्वारा स्वतन्त्र रुपमा मूल्यांकन गरि विभिन्न वित्तीय सुचाङ्कहरूमा उत्कृष्ट कार्यसम्पादनको आधारमा उक्त अवार्ड प्रदान गरिएको हो ।

भारतको मुम्बईमा आयोजित भव्य समारोहका बीच आईएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्री कवि फुयालले उक्त अवार्ड ग्रहण गरेका हुन् ।

उक्त इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड समारोहमा अन्य थुप्रै बीमा कम्पनीहरुको सहभागिता रहेको थियो ।

अर्थ को अर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x