Date

शनि, फाल्गुन २४, २०८१
Sat, March 8, 2025

यो साता सुनको मूल्यमा सामान्य बृद्धि

यो साता सुनको मूल्यमा सामान्य बृद्धि

काठमाडाैं,९मंसिर । यो साता विश्व बजारमा सुनको मुल्यमा सामान्य बृद्धि भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्यमा आएको उतार चढावका कारण समग्र बजारमा सामन्य प्रभाव पर्न गई सुनको मुल्य बढ्न सहयोग पुगेको बिश्लेषकहरुको भनाई छ ।

नेपाली बजारमा पनि यो साता सुनको मुल्य सामान्य बढ्यो । साताको पहिलो दिन आइतबार प्रति १० ग्राम ९९ हजार २५ रुपैयाँ रहेको सुनको मुल्य बुधबार र बिहिबार ९९ हजार ८ सय ८० मा पुगेर शुक्रबार ९९ हजार ७ सय १० कायम भएकाे छ ।

जुन साताको पहिलो दिनको तुलनामा अन्तिम दिन प्रति १० ग्राम ६ सय ८५ रुपैयाँले बढी हो ।

यो साता नेपाली बजारमा चाँदीको मुल्य स्थिर रह्यो । साताको पहिलो दिन १ हजार २ सय ४३ रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य साताको अन्तिम कारोबार भएको दिन शुक्रबार पनि सोही मुल्य कायम भएकाे छ ।

अर्थ को अर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x