१४ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै इफाप्काको ४६औंँ सम्मेलन सम्पन्न

काठमाडौ, ८ मङ्सिर : अन्तरराष्ट्रिय निर्माण व्यवसायी महासङ्घ (इफाप्का)को ४६औँ सम्मेलन अर्को सम्मेलन सिङ्गापुरमा आयोजना गर्ने निर्णयका साथ चौधबुँदे काठमाडौँ घोषणापत्र जारी गदै राजधानीमा सम्पन्न भएको छ ।
दिगो पूर्वाधारले आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भए तापनि बढ्दो जनसङ्ख्या, सहरीकरण, जलवायु परिवर्तनलगायतका कारण दिगोे पूर्वाधारको उद्देश्यमा चुनौती थपिएकाले तत्काल आवश्यक कदम चाल्नुपर्नेमा इफाप्काले जोड दिएको छ ।
जलवायु अनुकूल पूर्वाधार निर्माण, कार्बन उत्सर्जनमा कटौती, परियोजनाको तयारीमा उपयुक्त अन्तर्राष्ट्रिय अभ्यासलाई घोषणापत्रमा समेटिएका छभने सहरी पूर्वाधारसहित ऊर्जा, यातायातलगायत क्षेत्रलाई उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ ।