नेप्सेमा दाेहाेराे अंककाे सुधार, कारोबार रकम पनि बढ्याे
काठमाडाैं, २१ मंसिर । साताको कारोबारको अन्तिम दिन बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेकाे छ । आज नेप्से परिसूचक ११.७३ अंकले बढेर एक हजार ८ सय ५२ दशमलब ७७ विन्दुमा बन्द भएको हो ।
यस्तै, आज नेप्से परिसूचकसंगै कारोबार रकम पनि बढेको छ । आज ९५ लाख ५ हजार ६०८ कित्ता सेयर किनबेच हुँदा दुई अर्ब ७९ करोड ९१ लाख ४६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । हिजाे बुधबार ३७ लाख ५५ हजार १२४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १४ करोड १८ लाख १२ हजार ३८२ रुपैयाँकाे कारोबार भएको थियाे ।
कारोबार भएकामध्ये १७५ कम्पनीको शेयरमूल्य बढेको छ भने ५७ कम्पनीकोे शेयरमूल्य घटेको छ । ८ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।