माछापुच्छ्रे सेक्युरिटिजकाे शुभारम्भ

काठमाडाैं, २१ मंसिर । माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा रहेको माछापुच्छ्रे सेक्युरिटिज लिमिटेड शुभारम्भ भएकाे छ । बिहिबार एक औपचारिक कार्यक्रमबीच नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडको उदघाटन गरेका हुन् ।
जमलस्थित नेपाल चेम्वर भवनमा माछापुच्छ्रे सेक्युरिटिजकाे कार्यालय रहने छ ।
उक्त कार्यक्रममा बाेल्दै नेपाल धितोपत्र बोर्डका अध्यक्ष हमालले धितोपत्र बजारको बिकास र बिस्तारमा माछापुच्छ्रे सेक्युरिटिजले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
कार्यक्रममा माछापुच्छ्रे बैंकका पूर्व अध्यक्ष एंव गैर आवासिय संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले माछापुच्छ्रे बैंकको सहायक कम्पनीको रुपमा दर्ता भई धितोपत्र बजारमा कारोबार गर्ने मुख्य उद्धेश्यका साथ स्थापना भएको माछापुच्छ्रे सेक्युरिटिजले बैंकले जस्तै देशको आर्थिक गतिविधिमा महत्वपूर्ण भूमिका खेल्नेमा विश्वास व्यक्त गरे ।
माछापुच्छ्रे बैंकका अध्यक्ष रोशन केसीले असल संस्थागत सुशासन, पुर्वाधार तथा नियमन व्यवस्थाहरुको पुर्ण परिपालना हुने गरि व्यवसायिक, पारदर्शि र विश्वसनिय तरिकाले धितोपत्र बजारको सेवा प्रदायकको रुपमा माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडले आफुलाई उभ्याउन सकोस भन्ने शुभकामना व्यक्त गरे।
कार्यक्रममा माछापुच्छ्रे बैंक, माछापुच्छ्रे क्यापिटल तथा, माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडका संचालक समितिका पदाधिकारीहरु, विभिन्न सेक्युरिजिट लिमिटेडका पदाधिकारीहरु, माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापन तहका कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।