Date

आइत, बैशाख ३०, २०८१
Sun, May 12, 2024

उपभोक्ता मुद्रास्फीति ७.५० प्रतिशत, खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि उच्च

उपभोक्ता मुद्रास्फीति ७.५० प्रतिशत, खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि उच्च

काठमाडाैं, २२ मंसिर । चालु वर्षको पहिलो त्रयमाससम्म पनि मुद्रास्फीति कायम नै रहेकाे छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेकाे माैद्रिक नीतिकाे प्रथम त्रैमासिक समिक्षा मार्फत् उपभोक्ता मुद्रास्फीति ७.५० प्रतिशत रहेको जनाएकाे छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ८.५० प्रतिशत रहेको थियो ।

२०८० असोज मसान्तमा वार्षिक बिन्दुगत आधारमा खाद्यान्न समूहको मूल्य वृद्धि ८.३८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्य वृद्धि ६.८१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो समूहको मूल्य वृद्धि क्रमशः ८.०५ प्रतिशत र ८.८५ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति २.७८ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा १३.७३ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा तलब तथा ज्याला दर सूचकाङ्क ५.६५ प्रतिशतले बढेको छ, जुन अघिल्लो वर्ष ११.५९ प्रतिशतले बढेको थियो ।

अन्तर्राष्ट्रिय भू–राजनीतिक तनाबका कारण आपूर्ति श्रृंखलामा भएको व्यवधान र अमेरिकी डलरसँग नेपाली रुपैयाँ अवमूल्यन भएका कारण उपभोक्ता मूल्यमा चाप परेको हो । खासगरी खाद्य तथा पेय पदार्थ समूहको मूल्यमा बढी चाप परेको छ ।

केही मुलुकहरुले खाद्यान्न निर्यातमा लगाएको प्रतिबन्ध र स्वदेशी बजार अनुगमन प्रभावकारी नहुँदा सोको फाइदा उठाउने प्रवृत्तिले गर्दा पनि मूल्यमा चाप पर्न गएको छ ।

राष्ट्र बैंकले भारतमा पछिल्ला महिनाहरुमा मूल्यवृद्धि घट्न थालेको र नेपालको थोक मूल्यवृद्धि कम रहेकोले मूल्यवृद्धिमा सुधार हुने अपेक्षा गरेकाे छ ।

अर्थ को अर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x