Shangrila

सुर्या लाइफको १०औं वार्षिक साधारण सभा असार ३२ गते, बोनस र हकप्रदको प्रस्ताव लगिदै

काठमाडौं, १० असार । सुर्या लाइफ इन्स्योरेन्सले असार ३२ गते १०औं वार्षिक साधारण सभाका लागि शेयरधनीहरुलाई बोलाएको छ ।

इन्स्योरेन्सले उक्त साधारण सभामा शेयरधनीहरुलाई १२ प्रतिशत बोनस शेयर दिने भएको छ । इन्स्योरेन्सले बाँडफाँटको क्रममा रहेको ४० प्रतिशत हकप्रद शेयरका आवेदकहरुले समेत उक्त बोनस शेयर पाउने भएको छ । यस अघि इन्स्योरेन्सले १६.८० प्रतिशत बोनस शेयर दिने भनेकोमा हकप्रद शेयर आवेदकहरुले समेत बोनस पाउने भएकोले समायोजन गरि १२ प्रतिशत बोनस शेयर बनाएको हो । साधारण सभा र बोनस शेयर प्रयोजनको लागि इन्स्योरेन्सले असार १७ देखी २३ गतेसम्मका लागि शेयर दर्ता किताब बन्द गर्ने जनाएको छ ।

यस्तै इन्स्योरेन्सले सोहि वार्षिक साधारण सभामा १० बराबर ७ कित्ता हकप्रद शेयर जारी गर्ने प्रस्ताव समेत राख्ने भएको छ इन्स्योरेन्सको हाल चुक्ता पुँजी ७२ करोड १८ लाख रुपैयाँ रहेको छ । ४० प्रतिशत हकप्रद र १२ प्रतिशत बोनस शेयर पछि इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १३ करोड रुपैयाँ पुग्नेछ ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *